काठमाडौं, ४ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध बुधबार संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएको छ ।
सत्तारुढ माओवादी र एमालेका एक सय ५७ सांसदले महाअभियोग प्रस्ताव दर्ता गराएका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
महाअभियोगको प्रस्तावक माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाही र समर्थक एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकाल छन् ।
महाअभियोग प्रस्तावका लागि आवश्यक एकचौथाइ पुग्न कुल एक सय ४९ सांसद आवश्यक पर्छ । अहिले संसद् सदस्यको संख्या पाँच सय ९५ छ ।
संसदमा कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको विषयमा सभामुख ओनसरी घर्तीले राष्ट्रपति, प्रधानमन्त्री, संवैधानिक परिषद् र अख्तियारलाई बुधबार राति नै जानकारी गराएकी छिन् ।
महाअभियोगको प्रस्ताव संसद्मा दर्ता भएसँगै अख्तियारका प्रमुख कार्कीले बुधबारबाटै कार्य सम्पादन गर्न पाउने छैनन् ।
संविधानको धारा १०१ को उपधारा ६ मा महाअभियोग प्रस्तावको कारवाही प्रारम्भ भएपछि आरोपित पदाधिकारीले कारवाहीको टुंगो नलागेसम्म आफनो पदको कार्य सम्पादन गर्न नपाउने व्यवस्था छ ।
कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठ
हामीलाई महाअयिभयोग प्रस्ताव दर्ता भएको कुनै जानकारी छैन । मैले पनि अरुले भनेको सनुेको हुँ । यस विषयमा पार्टीभित्र कुनै छलफल भएको छैन । दर्ताको प्रक्रियाका सन्र्दभमा अहिले नै ठीक र वेठिक भन्न सकिंदैन । हामी अध्ययन गर्छाैं, त्यसपछि बोल्छौं ।















प्रतिक्रिया