१९ कार्तिक २०८३, बिहिबार

एमाले रुपन्देहीको अध्यक्षमा सुवेदी र घिमिरे भिड्ने, अधिवेसनको तयारी पूरा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uml-office– नरेश के.सी.

भैरहवा, ३ कात्तिक । नेकपा एमाले जिल्ला कमिटी रुपन्देहीको आठौ अधिवेसनको तयारी तीब्र रुपमा भइरहेको छ । कात्तिक ६, ७ र ८ गते भैरहवाको महेन्द्र सभागृहमा हुने अधिवेसनलाई सम्बोधन गर्न एमालेका शीर्ष नेताहरु भैरहवा आउने भएका छन् ।

अधिवेसनको लागि कात्तिक १ गते नै जिल्लाभरिका १४ हजार संगठित सदस्यबाट ८ सय ८४ जना जिल्ला अधिवेसन प्रतिनिधी छनौट गरिसकेको छ । तल्लो कमिटीबाट निर्वाचित भएर आएका प्रतिनिधी संख्याको ५ प्रतिशत अधिवेसन आयोजक कमिटीले मनोनयन गरेको छ ।

बुधबार पार्टीको ३२ औं जिल्ला कमिटी बैठक भैरहवामा सम्पन्न भएको छ । एमाले स्थायी कमिटी सदस्य छबिलाल विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले कुल प्रतिनिधी संख्याको ५ प्रतिशत मनोनीत गरेको जिल्ला सचिव तुलसी प्रसाद चौधरीले जानकारी दिएका छन् ।

सचिब चौधरीका अनुसार बैठकले पदाधिकारी ४ जना, समाबेसी तर्फ महिला ७ जना, आदीबासी जनजाती ८ जना, मजदूर ३ जना, मधेसी ३ जना, अल्पसंख्यक २ जना, दलित ४ जना, विशेष क्षेत्रबाट २ जना, खुल्ला ८ जना सदस्य अधिवेसनबाट छनौट गर्ने निर्णय गरेको छ ।

यसैगरी क्षेत्र नम्बर १ बाट ५ जना, क्षेत्र नं २ बाट ५ जना, क्षेत्र नं ३ बाट ६ जना, क्षेत्र नं ४ बाट ७ जना, क्षेत्र नं ५ बाट ५ जना, क्षेत्र नं ६ बाट ३ जना र क्षेत्र नं ७ बाट ३ जना खुल्ला सदस्य छनौट गर्ने निर्णय गरेको छ । बैठकले आगमी ४ वर्षे कार्यकालकोलागी ४ पदाधिकारी सहित ७५ सदस्यीय रुपन्देही जिल्ला कमिटी गठन गर्ने निर्णय गरेको हो ।

पदाधिकारीका प्रत्यासीहरु

एमालेको नयां नेतृत्वकोलागी आसन्न अधिवेसनमा नयां र पुराना धेरै नेताहरुले आकांक्षा व्यक्त गरेका छन् । जसले गर्दा सीमित संख्याको जिल्ला कमिटीमा धेरैको आकांक्षालाई सम्बोधन गर्न एमाले नेतृत्वलाई फलामे चिउरा चपाए जस्तै हुने देखिएको छ ।

एमाले उपमहासचिवद्धय विष्णु प्रसाद पौडेल र घनश्याम भुसालको गृह जिल्ला रहेको रुपन्देहीमा दुबै नेताले सर्वसम्मत नेतृत्व वा प्यानलगत प्रतिसपर्धा जे चाहन्छन् त्यहि किसीमले नेतृत्व चयन हुने देखिएको छ ।

यद्यपी अहिले सम्म अध्यक्षकोलागी हालका उपाध्यक्ष शिवराज सुवेदी, सचिवालय सदस्य तथा मोर्चा प्रमुख पुरुषोत्तम घिमिरेबीच प्रतिसपर्धा हुने देखिएको छ । सुवेदी उपमहासचिब पौडेल नजिक, घिमिरे अर्का उपमहासचिव भुसाल नजिक मानिन्छन् ।

एक पद उपाध्यक्षकोलागी तुलसी चौधरी, राजु गुरुंग र हरि अधिकारीको चर्चा रहेको छ । सचिवको लागी राजेन्द्र प्रसाद पन्थि, हितराज पन्थि, तेजेन्द्र के.सी , सिद्धीचरण भट्टराई, बासु घिमिरे र गोपाल राना प्रतिसपर्धामा उत्रीने देखिएको छ ।

यसैगरी एक पद उपसचिबकोलागी श्रीराम यादव, जागेश्वरी चौधरी, पम्फा खनाल र सन्जय गुप्ता प्रतिसपर्धामा उत्रीने देखिने भएका छन् ।

जिल्ला सदस्यमा नयां पुस्ताको होडबाजी

जनिती प्रति युवा पुस्ता निरश भइरहेका छन् भन्ने चर्चा चलिरहेको बेला एमाले रुपन्देहीको अधिवेसनको सरगर्मिका बीच युवा पुस्ताको राजनिती प्रतिको लालयीता बढेर गएको देखिएको छ ।

जिल्लाभरी कार्तिक १ गते छनौट भएका ८ सय ८४ जना प्रतिनिधीमा युवा पुस्ताको संख्या उल्लेख्खय रहेको छ ।

जसरी प्रतिनिधी छनौटमा युवा पुस्ता अग्रभागमा देखिएका छन् यसैगरी एमालेको नेतृत्व सम्हाल्ने सबालमा पनि जिल्ला सदस्यकोलागी अधिकांश युवाहरुले उम्मेदवारी दिने बुझिएको छ ।

जिल्ला सदस्यकोलागी वर्तमान जिल्ला सदस्यका अतिरीक्त नयां सदस्यमा मोहन चापागाई (प्रेस चौतारी पुर्व केन्द्रिय उपाध्यक्ष तथा रुपन्देही अखिलको पुर्व अध्यक्ष), उमा काफ्ले (अनेमसंघ जिल्ला अध्यक्ष तथा एमाले पुर्व नगर अध्यक्ष), सरिता श्रीस (युवा संघ केन्द्रिय सदस्य तथा पुुर्व जिल्ला अध्यक्ष ) , घनेन्द्र विक्रम पाण्डे( एमाले क्षेत्र नम्बर २ अध्यक्ष ), बाबुराम पन्थि (अनेरास्ववियु पुर्व सचिवालय सदस्य तथा पुर्व स्ववियु सभापति), इन्द्रजीत यादव( एमाले क्षेत्र नम्बर २ उपाध्यक्ष), उमा अधिकारी (अनेरास्ववियु पुर्व केन्द्रिय सदस्य), चक्र बहादुर थापा(अनेरास्ववियुका पुर्व नेता तथा अखिल जिल्ला कोषाध्यक्ष ) , धर्मराज गिरी (मदन भण्डारी स्र्पोटस एकाडेमी रुपन्देही संस्थापक उपाध्यक्ष) , रामबहादुर श्रेष्ठ (एमाले सिद्धार्थनगर अध्यक्ष) , धुव्र आचार्य (युवा संघ केन्द्रिय सदस्य) , लक्ष्मी थापा (युवा संघ नेतृ) , गोविन्द रेग्मी , डिजाइन थापा , यज्ञमूर्ति भण्डारी , निरबहादुर खड्का (युवासंघका पुर्व नेता), रामप्रसाद रेग्मी लगायतले सदस्य पदमा उम्मेदवार दिने गरी प्रचार समेत थालेका छन् ।