१९ कार्तिक २०८३, बिहिबार

ज्ञानेन्द्र शाहलाई हिन्दू सम्राट घोषणा गर्ने तयारी पूरा, यसरी हुँदैछ तयारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gyanendra-shahaकाठमाडौं, ३ कात्तिक । पशुपतिको वनकालीस्थित बिहीबारदेखि विराट हिन्दू सम्मेलन सुरु हुने आयोजक हिन्दू अधिराज्य राजनीतिक समितिले जनाएको छ ।

बुधबार रिपोर्टर्स क्लब नेपाल काठमाडौंमा पत्रकार सम्मेलन गरेर समितिले कात्तिक ४, ५ र ६ गतेसम्म चल्ने विराट हिन्दू सम्मेलनको उद्घाटन पूर्वराजा ज्ञानेन्द्र शाहले गर्ने जानकारी गराएको हो । सम्मेलनमा पूर्व राजा शाहलाई हिन्दू सम्राट घोषणाको तयारी भएको समेत जानकारी दिइएको छ ।

कार्यक्रममा हिन्दूराज्य प्रजातन्त्र पार्टीका महासचिव रविन्द्र पौडेलले राजाविनाको देश र आँखा बिनाको मान्छे एउटै भएको बताउँदै भने, “राजा नेपालीहरुको आँखा हो, त्यस्तै देश अर्को आँखा । त्यसैले समय छँदै सबैले हिन्दूराज्य र नेपालको राजसंस्थाको बारेमा गहन छलफल गर्नुपर्छ ।”

त्यस्तै लिक नेपाल शान्ति एकता पार्टीका अध्यक्ष धनेन्द्र बस्नेतले वर्तमान शासनसत्ताले देशलाई विखण्डनको मार्गमा लिएको बताउँदै भने, “राजसंस्था वाहेक हाम्रो देशमा अरु कुनै शक्तिले शान्ति र स्थायित्व कायम गर्न सक्दैन, नेपाल हिन्दुराज्य कायम गरिएन भने न त चीनलाई फाईदा हुन्छ न भारतलाई नै हुन्छ । ”

सम्मेलन मुल समारोह समितिका संयोजक किशोरी महतोले राष्ट्रगुरु योगीनाथ नरहरी र स्व.पूर्वराजा वीरेन्द्र शाहको दूर दृष्टिसँगै महान बिचारले सिञ्चित भूमिमा जन्मीनु र बाँच्न पाउनु गर्वको कुरा भएको बताउदै पछिल्ले समय मुलुकमा अनेक असहजता सिर्जना भैरहेकोमा गुनासो पोखे ।

उनले धर्मको नाममा नेपालीहरू किनबेच हुने कार्य दुःखद रहेको भन्दै सच्चा नेपालीले आफ्नो धर्म परिवर्तन गर्न नहुने बताए ।

महतोले संविधान सभाको नाममा राजतन्त्रलाई बाईपास गर्ने काम भएको बताउँदै विराट हिन्दू सम्मेलनले देशको समसामयिक स्थितिको बारेमा गहन वहस गर्ने र तालुमा आलु फलाउने जिकिर गरे ।