नयाँदिल्ली, ३ कात्तिक । भारतीय वायुसेनाको एमआइ सेभेन्टिन भी फाइभ हेलिकप्टर चमोली जिल्लाको तीर्थस्थल बद्रीनाथ नजिकै दुर्घटनामा परेको छ ।
भारतीय वायुसेना बद्रीनाथको उत्तरी क्षेत्रमा चलाएको सैन्य अभ्यासका क्रममा स्थानीय समयअनुसार बुधबार बिहान सवा नौ बजे हेलिकप्टर दुर्घटनामा परेको हो । हेलिकप्टर दुर्घटनाका बारेमा अनुसन्धान गर्न वायुसेनाले आदेश समेत दिएको समाचारमा उल्लेख छ ।
हेलिकप्टर दुर्घनामा परे पनि त्यसमा सवार सबै सकुशल रहेका छन् । दुर्घटनामा थप कति क्षति भएको छ सो विषयमा केही बताइएको छैन ।
वायुसेनाले दुर्घटनामा परेको यो हेलिकप्टरलाई रूसबाट किनेको थियो । यो हेलिकप्टर आफ्नो ब्राण्डमा राम्रो मानिन्छ । – एजेन्सी















प्रतिक्रिया