१२ कार्तिक २०८३, बिहिबार

बंगलादेशीलार्इ नागरिकता र राहदनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali-passportकाठमाडौ, ३ कात्तिक । बंगलादेशी नागरिक मोहमद बेलाल हुसेन कहिले र कुन प्रयोजनका लागि नेपाल आए, त्यसको आधिकारिक लेखाजोखा छैन ।

नेपाल आएपछि हुसेनले सर्लाही जिल्ला प्रशासनबाट नागरिकता लिए । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

त्यसैका आधारमा उनलाई राहदानी विभागले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) दियो ।

राहदानी पाएपछि हुसेनले साउदी अरेबिया जान वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिए । हुसेन पुरानोबानेश्वरको पिजन म्यानपावर कम्पनीबाट साउदी पनि गए ।

विमानस्थल प्रवेश गर्ने बेलामा प्रहरीले राहदानी हेरेर सोधपुछ गर्छ । त्यसपछि अध्यागमनले प्रस्थान अनुमति दिन्छ । हुसेनले यी सबै प्रक्रिया पूरा गरे । साउदी अरेबिया पुगे ।

नेपाली भाषा पटक्कै नजान्ने हुसेनजस्ता व्यक्तिलाई नागरिकता लिनेदेखि अध्यागमन पार गरुन्जेलको प्रक्रिया कसरी सहज भयो, स्वाभाविक प्रश्न उठ्छ । उनी बंगलादेशी भएको अहिले खुल्न आएको छ ।  उनीसँग त्यहाँको राहदानीलगायत कुनै कागजपत्र छैन ।

झन्डै ४ वर्ष साउदी अरेबिया बसे हुसेन नेपाली नागरिककै हैसियतमा । हुसेन रोगजारी पूरा गरी साउदी अरेबियाबाट फर्कने क्रममा गत असोज ३० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परे ।

विमानस्थलस्थित अध्यागमन कार्यालयले हुसेनलाई राहदानी शंकास्पद भन्दै पक्राउ गर्‍यो । त्यसपछि धेरै रहस्य खुले ।

तर नेपाली राहदानी लिएर विदेशमा रोजगारी लिने पहिलो र एकमात्र व्यक्ति होइनन् हुसेन । यसले के स्पष्ट पार्छ भने काठमाडौंमा विदेशी नागरिकलाई नेपाली नागरिकता र राहदानी बनाइदिने गिरोह सक्रिय छ । पैसामा नागरिकता र राहदानीको किनबेच भइरहेको छ ।

फितलो अनुसन्धानले गर्दा त्यस्ता गिरोहका सदस्य भने अहिलेसम्म पक्राउ परेका छैनन् ।