इलाम, ३ कात्तिक । भारतले इलामको पशुपतिनगर– ४ फाटक र भारतको राङवाङ ग्रापञ्चायतको बीचमा पर्ने नेपाल–भारत सीमाको दसगजा क्षेत्रमा भव्य गुम्बा निर्माण सुरु गरेको छ ।
काठले बनेको पुरानो टासीछलङ गुम्बा भत्काएर सामुदायिक हलसहितको भव्य पक्की गुम्बा बनाउने तयारी गरिएको जानकारी फटकका स्थानीय अगुवा बुद्ध तामाङले दिए । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
गोरखा जनमुक्ति मोर्चाका अध्यक्ष तथा गोर्खा टोरिटोरियल एडमिन्सटिभ प्रमुख विमल गुरुङले रकम दिने आवश्वासन दिएपछि गुम्बा बनाउन थालेको जानकारी स्थानीयले दिए ।
त्यसका लागि भारत सरकारका तर्फबाट गुरुङले भारु ६० लाख निकास गराएको स्रोतको दाबी छ ।















प्रतिक्रिया