१२ कार्तिक २०८३, बिहिबार

मान्यता दिइएका दुई संस्थाले वरियता सार्वजनिक गरेनन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

education mantralayaकाठमाडौं, ३ कात्तिक । दुई विदेशी संस्थाले सार्वजनिक गर्दै आएको विश्व वरियता सूचीको एक हजारभित्र परेका विश्वविद्यालयबाट मात्र सम्बन्धन लिई नेपालमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न पाउने व्यवस्था छ तर मान्यता दिइएका ती दुई संस्थाले एक हजारवटा विश्वविद्यालयको वरियता सार्वजनिक गर्ने गरेका छैनन् ।

शिक्षा मन्त्रालयले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्नेसम्बन्धी निर्देशिकामा विश्वभरिका विश्वविद्यालयको वरियता कायम गर्दै आएको वेबसाइटलाई आधिकारिक रूपमा मान्यता दिएको छ । गोरखापत्र दैनिकले समाचार छापेको छ ।

निर्देशिकाले डब्लूडब्लूडब्लू डट टाइम्स हाइयर एजुकेसन डट सीओ डट युके र डब्लूडब्लूडब्लू डट शाङ्घाई -याङकिङ डट कमले गर्ने गरेको विश्वभरिका विश्वविद्यालयको वरियतालाई मान्यता दिँदै ती संस्थाले आफ्नो वेबसाइटमा राख्ने गरेको उत्कृष्ट एक हजारभित्र परेका विश्वविद्यालयबाट मात्र मान्यता लिई तिनको शैक्षिक कार्यक्रम नेपालमा सञ्चालन गर्न सकिने स्पष्ट गरेको छ । टाइम्सले ८०१ वटा र शङ्घाइले पाँच सय विश्वविद्यालयको मात्र वरियता निर्धारण गर्दै आएको छ ।

मन्त्रालयले गुणस्तर कायम गर्न यस्तो वरियतालाई मान्यता दिने नीति लिएको बताए पनि विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिई सञ्चालित कलेजका सञ्चालकले यसको कुनै औचित्य नरहेको बताउँछन् ।