१९ कार्तिक २०८३, बिहिबार

ग्यास चुहिएर गम्भीर घाइते युवकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gass Cylindorगौशाला, २ कात्तिक । महोत्तरीको मटिहानी गाविसमा ग्यास चुहिएर शरीर जली गम्भीर घाइते भएका मटिहानी गाविस– ५ बस्ने रामनारायण मण्डलका छोरा २८ वर्षीय लव रहेको परिवारजनले जनाएका छन् ।

बडादसैँको नवमीमा राति छिमेकीको ग्यास चुल्हामा समस्या भएकाले बनाउन गएका लवकोे ग्यास चुहिएर शरीर जली गम्भीर घाइते भएका थिए ।

घाइते लवलाई उपचार लागि काठमाडौँंस्थित कीर्तिपुर अस्पतालमा लगिएमा आज उनको उपचारका क्रममा मृत्यु भएको छिमेकी कामेश्वर ठाकुरले बताउनुभयो ।

सो घटनामा लवसहित चार जना घाइते भएका थिए । बाँकी तीन जनाको उपचार भइरहेको छिमेकी ठाकुरले बताउनुभयो । रासस