काठमाडौं, २ कात्तिक । अख्तियार प्रमुख लोकमान सिंह कार्कीको घरमा म्याद तालेम गर्न अहसोग गर्ने तामेलदार शम्भुबहादुर खत्री र काठमडौं महानगरपालिका– १० की वडा सचिव सरिता राईलाई कारबाहीका लागि सर्वोच्च अदालतले कैद र जरिवाना प्रस्ताव गरेको छ ।
अदालतको काममा अबरोध गरेको भन्दै सर्वोच्चले खत्री र राईलाई कारबाही स्वरुप १ हजार जरिवाना र १५ दिनको कैद प्रस्ताव गरेको हो ।
मुलुकी ऐन अदालती बन्दोबस्ती १११ नम्बर बमोजिम कारबाही गर्न नपर्ने भए ७ दिनभित्र उपस्थित भई लिखित जवाफ पेश गर्न उनीहरूको नाममा सूचना जारी गरिएको छ ।
कार्कीको म्याद तामेल गर्ने क्रममा अदालतलाई असहयोग गरेको भन्दै न्यायाधीश इश्वरप्रसाद खतिवडाको इजलाशले यो आदेश दिएका हुन् ।











प्रतिक्रिया