३० कार्तिक २०८३, सोमबार

लामो संघर्षपछि लोकमानको घरमा म्याद तामेली

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lokman-karki-ko-gharकाठमाडौं, २ कात्तिक । लामो संघर्षपछि सर्वोच्च अदालतको टोलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको घरमा म्याद तामेल गरेको छ ।

विभिन्न अवरोध छिचोलेर सर्वोच्चको टोलीले काठमाडौं महानगरपालिका– १० पुरानो बानेश्वरमा रहेको घरमा म्याद तामेल गरेको हो । वडा सचिव सरिता राईको रोहबरमा मंगलबार दिउँसो कार्कीको घरमा म्याद तामेल भएको स्रोतले जनाएको छ ।

म्याद तामेल भएको सम्पूर्ण प्रतिवेदन सहितको कागजात तामेलदारको टोलीले सर्वोच्चमा जानकारी गराएको छ ।

म्याद तामेल भएपछि १५ दिनभित्र विपक्षी लोकमानसिंह कार्कीले सर्वोच्च अदालतमा आफैं उपस्थित हुनुपर्ने छ वा उनी आफैं उपस्थित नभए आफ्नो प्रतिनिधि पठाउनु पर्ने हुन्छ । कार्कीले ३० दिनको म्याद थप्न पनि पाउने छन् ।