२८ आश्विन २०८३, बुधबार

क्वालालम्पुरमा निश्चल परदेशीको एकल गजल वाचन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

unnamedअर्जुन काफ्ले
मलेसिया ।  साप्ताहिक साहित्य सन्डे अन्तर्रगत आइतबार मलेसियाको क्वालालम्पुरमा गजलकार निश्चल परदेशीको एकल गजल वाचन कार्यक्रम सम्पन्न भयो ।
अनाममण्डली मलेसिया र विश्व नेपाली साहित्य महासंघ मलेसियाको संयोजनमा भएको सो एकल वाचन कार्यक्रममा परदेशीले उनका २ दर्जन गजल वाचन गरेका थिए ।

साप्ताहिक साहित्य सन्डेको आयोजनमा भएको सो कार्यक्रममा उनको साहित्य यात्राका वारेमा मनिराइ गोठाले, जीवन देवान गाँउले, रोहन समीप, सन्दीप दिल दुःखी, दिल दुखी जन्तरे, भिम स्नेही,

राम खडका, अर्जुन काफ्ले, दिप लिम्वु, वलराम भट्ट, सोम सुवेदी,आर्दश शुशिल लगायतले शुभकामना दिएका थिए ।

काभ्रेका श्रष्टा परदेशीको वास्तविक नाम निश्चल दाहाल हो । विगत २ वर्षदेखि रोजगारीका सिलसिलामा मलेसियामा रहेका परदेशीको कैफियत गजल संग्रह प्रकाशित भइसकेको छ ।