काठमाडौं, २ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा पाँच दिने चीनको तिब्बत भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् ।
भ्रमणका क्रममा अध्यक्ष थापाले तिब्बतमा रहेको कैलाश र मानसरोवरको दर्शन तथा अबलोकन गरेको राप्रपा नेपालका केन्द्रीय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।
भ्रमणका क्रममा अध्यक्ष थापाले स्वशासित क्षेत्र तिब्बत सरकारका उपाध्यक्ष टासी पेम्बासंग शिष्टाचार भेट गरेका थिए । भेटमा दुई मुलुकवीचको सम्बन्धका विषयमा परामर्श भएको बर्तौलाले बताए ।
दुई मुलुकवीचको पर्यटन विस्तार, सामाजिक र सांस्कृतिक सम्बन्ध, राजनीतिक र अन्य विविध गतिविधिका विषयमा पनि छलफल भएको बताइएको छ ।
अध्यक्ष थापाको सम्मानमा उपाध्यक्ष पेम्बाले रात्रिभोजको आयोजना समेत गरेका थिए ।
भ्रमणमा अध्यक्ष थापाका परिवारका साथै कोषाध्यक्ष उद्धब पौडेलको सहभागीता रहेको थियो ।











प्रतिक्रिया