१ कार्तिक २०८३, शनिबार

स्वीडेनमा दसैँ टीका कार्यक्रम सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

image1स्वीडेन । गैरआवासीय नेपाली संघ स्वीडेनले स्टकहोल्म र गोथेन्नबर्गमा १५ अक्टोबरका दिन बडा दशैं २०७२ शुभकामना आदान प्रदान र टीका ग्रहण सहित दशैँ कार्यक्रम सम्पन्न गरेको छ ।

दशैंकै टीकाको दिन सबैको ब्यस्तताले उक्त कार्यक्रम सम्पन्न गर्न नसके पनि दशैंँकै समयभित्र पूर्णिमाको दिन शनिबार सार्बजनिक विदाको समय पारेर आयोजना गरेको थियो ।

स्टकहोल्मको दशैं कार्यक्रम संस्थाका सस्थापक अध्यक्ष एबं आई सी सी सदस्य नवीन थपलियाले सभापतित्व गरेका थिए ।

अतिथिको रुपमा नेपालबाट आएका मीना थपलिया, नेपाल मण्डपको प्रतिनिधित्व गर्दै आएका दीप शर्मालाई आसन ग्रहण गराइएको थियो ।