१९ कार्तिक २०८३, बिहिबार

तोकिए भन्दा बढी भाडा लिने सावारी साधनलाई कारबाही

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bus-nepal– नवराज श्रेष्ठ

रामेछाप, २ कात्तिक । रामेछापबाट काठमाडौ जाने यातायातका साधनहरुले दसैँको मौका छोपेर मनोमानी ढङ्गले यात्रुसँग भाडा लिन थालेपछि प्रहरीले नियन्त्रणका लागि सक्रियता बढाएको छ ।

दसैँ मान्न घर आएका यात्रुसँग तोकिए भन्दा बढी भाडा लिएको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय रामेछापले कारबाही अघि बढाएको हो ।

प्रहरीले एकैदिनमा जिल्लाको बिभिन्न स्थानबाट काठमाडौंका लागि छुटेका ८ वटा यातायातका साधनलाई नियन्त्रणमा लिई रकम यात्रुलाई फिर्ता गराएको छ ।

पुरानागाउँ गाविसबाट २६ जना यात्रुलिएर काठमाडौं हिडेको बा. ३ ख २९९० को बसले तोकिएभन्दा एक सय रुपैया बढी भाडा लिएको थियो ।

२० जना यात्रु लिएर खिमतीबाट काठमाडौंको लागि छुटेको बा. ४ ख ४९८६ नं. को बसले पनि तोकिए भन्दा एक सयका दरले बढी भाडा लिएको थियो ।

२५ जना यात्रु लिएर बेतालीबाट काठमाडौंको लागि छुटेको ३ ख ९०२६ नं को बसले तोकिए भन्दा बढी भाडा लिएको ६ हजार २ सय फिर्ता गरेको छ ।

बा. ३ ख ९३१२ नं. को बसबाट २ हजार २ सय , ९ जना यात्रु लिएर खिम्तीबाट काठमाडौँको लागि छुटेको ना.१ ज ४६३० नं. को टाटा सुमोबाट १ हजार ८ सय, गेलुबाट काठमाडौंको लागि छुटेको ना.१ ज ५२६३ नं. टाटासुमोबाट ९ सय, ना.१ ज ५३३३ नं. को टाटा सुमोबाट ९ सय रुपैयाँ फिर्ता गराएको प्रहरीले जनाएको छ ।

बस भाडामा अनियमितता भएको गुनासो अएपछि प्रहरीले मन्थली बसपार्कामा सार्वजनिक सवारीको भाडा चेक जाँच गरेको हो ।