३० कार्तिक २०८३, सोमबार

दाहाल, सी र मोदीको त्रिपक्षीय वार्ताबारे ओलीले यसरी गरे कडा टिप्पणी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oliकाठमाडौं, १ कात्तिक । प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले कुटनीतिक मर्यादाको उल्लंघन गरेको आरोप लगाएका छन् ।

पार्टी मुख्यालय धुम्बाराहीमा सोमबार पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै ओलीले प्रधानमन्त्रीले बिमिस्टेक सम्मेलनमा सहभागी हुने क्रममा भारतको गोवामा डिनरका लागि कार्गेट पर्खने क्रममा भएको संयोगवसको भेटघाटलाई त्रिपक्षीय वार्ता भनि प्रचार गरेको आरोप लगाए । उनले भने, ‘डिनरका लागि कार्गेट पर्खने क्रममा भएको संयोगवसको भेटलाई त्रिपक्षीय वार्ता भनि प्रचार गर्नु कुटनीतिक मर्यादाको उलंघन हो ।’

ओलीले नभएको त्रिपक्षीय वार्ताका बारेमा टिप्पणी गर्नु लज्जास्पद रहेको बताए ।

अध्यक्ष ओलीले भारतीय विदेश मन्त्रालयले नै त्रिपक्षीय वार्ता नभएको स्पष्ट पारिसकेको अवस्थामा प्रधानमन्त्रीको सचिवालयले महत्वपूर्ण वार्ता भनि प्रचार गर्नु गलत र सोभनीय नभएको टिप्पणी गरे ।

अध्यक्ष ओलीले बाटोमा भेट हुँदैमा त्रिपक्षीय वार्ता भयो भनि प्रचार गर्नु हाँस्यास्पद भएको टिप्पणी गरे ।