काठमाडौं, १ कात्तिक । मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले पार्टी गतिविधि विपरितका क्रियाकलाप गरेको भन्दै केन्द्रीय सदस्य शिव कट्टेललाई कारबाही गरेको छ ।
सो पार्टीका प्रवक्ता हरिभक्त कँडेलले सोमबार प्रेस विज्ञप्ति जारी गरेर कट्टेललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी सम्पूर्ण जिम्मेवारीबाट निस्काषन गरेको जनाउनु भएको हो ।
‘शिव कट्टेलले गुट परस्त तथा फुट परस्त गतिविधि गरेकोले उहाँलाई केन्द्रीय समितिको सदस्यताबाट निलम्वित गरिएको थियो’, विज्ञप्तिमा भनिएको छ, ‘त्यसपछि पनि सच्चिनुको बदला झनै पार्टी विरोधी गतिविधिमा सक्रिय देखिएकोले उहाँलाई पार्टी सदस्यता लगायत सम्पूर्ण जिम्मेवारीवाट निष्काशन गर्ने पार्टी केन्द्रीय कार्यालयको निर्णयलाई सार्वजनिक गरिएको छ ।’











प्रतिक्रिया