काठमाडौं, १ कात्तिक । पूर्व राजा ज्ञानेन्द्र शाहले कात्तिक ४ गते काठमाडौंको पशुपतिनाथ मन्दिर नजिकै रहेको बनकालीमा विशेष सम्बोधन गर्ने भएका छन् ।
विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समितिको महासम्मेलन उदघाटनका क्रममा पूर्व राजा शाहले सम्बोधन गर्न लागेको स्रोतले जनाएको छ । कात्तिक ४ गते सुरु हुने सम्मेलन तीन दिनसम्म चल्नेछ । महासम्मेलन कात्तिक ४ गते बिहान साढे दश बजेदेखि सुरु हुनेछ ।
महासम्मेलनको तयारी तीव्र रुपमा भइरहेको जनाइएको छ । महासम्मेलनमा उल्लेख्य सर्वसाधारणको पनि उपस्थिति रहनेछ । सम्बोधनका क्रममा पूर्व राजा शाहले हिन्दू धर्म र मुलुकको पछिल्लो राजनीतिक अवस्था पनि समेट्ने बुझिएको छ ।
उनको सम्बोधनका विषयमा निर्मल निवासले केही बताएको छैन । तर आयोजकले पूर्व राजालाई विशेष सम्बोधन गर्नका लागि यसअघि नै आग्रह गरिकेको छ ।
यसअघि यस्तै प्रकारको महासम्मेलन दुई पटक भइ सकेको छ । तात्कालीन राजा वीरेन्द्र शाहले महासम्मेलनको उद्घाटन पनि गरिसकेका छन् ।
पहिलो सम्मेलन बीरगञ्ज र दोस्रो सम्मेलन काठमाडौंको दशरथ रंगशालामा भएको थियो ।
महासम्मेलनमा ४४ राष्ट्रका प्रतिनिधिहरूलाई आमन्त्रण गरिएको संयोजक भरत केसर सिंहले जानकारी दिए ।
महासम्मेलनमा भारतबाट शंकराचार्य आश्रमका विभिन्न पीठाधीसहरू आउँदै छन् । भारतीय जनता पार्टीका सांसद् आदित्यनाथ योगी समेत सम्मेलनमा आउने तयारी छ ।











प्रतिक्रिया