
– शिवलाल सुवेदी
गुल्मी, १ कात्तिक । गुल्मी जिल्लामा सरकारी सवारी साधनहरुको दुरुपयोग दिन प्रतिदिन बढ्दै गएको छ ।
सरकारी कार्यलयका सवारी साधनहरु कार्यलय बिदाका दिन पनि प्रयोग हुँदै आएको हो । कतिपय सवारी साधनलाई कर्मचारी र आसेपासेहरूले निजी कार्यका लागि प्रयोग गर्ने गरेका हुन् ।
सरकारी कामकाजका लागि प्रयोग हुनु पर्ने सरकारी साधनहरु कार्यलय बिदाको दिन सञ्चालन हुँदा समेत स्थानीय प्रशासनले त्यसलाई बेवास्ता गरेको स्थानीयको भनाइ छ ।
सेतो नम्बर प्लेटका साधनहरु विशेष गरेर साँझको समयमा बिभिन्न रेष्टुरेन्ट तथा होटलहरुमा पार्किङ्ग गरेको अवस्थामा देखिने गरेका छन् ।
सरकारी सवारी साधन दुरुपयोग भएका विषयमा प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले अनभिज्ञता जनाए । उनले यस विषयमा आफूले बुझेर कारबाही प्रक्रिया अगाडि बढाउने बताउँछन् ।












प्रतिक्रिया