काठमाडौं, १ कात्तिक । म्याद टाँस्न पुगेका सर्वोच्च अदालतका कर्मचारीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धन आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीका आसपासका युवाहरूले अबरोध सृजना गरेका छन् ।
कार्कीको घरमा जम्मा भएका दर्जन युवाहरूले सर्वोच्चका कर्मचारीहरूलाई म्याद टाँस्न नदिएका हुन् । सोमबार पुरानो बानेश्वरस्थित घरमा पुगेका कर्मचारीहरू अबरोधपछि म्याद पत्र नटाँसी फर्किएका छन् ।
घरमा भाडामा बस्दै आएका व्यक्तिले म्याद टाँस्न तामेलदारहरूलाई अबरोध पुगाएको जनाइएको छ । भाडामा बस्दै आएका व्यक्तिले स्थानीय युवाहरूलाई घरमा जम्मा गरेर राखेर अबरोध सृजना गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नियुक्त हुन कार्कीको वैधानिकता नपुगेको भन्दै अदालतमा दर्ता भएको पुरानो मुद्दाको पुनरावलोकन गर्ने सर्वोच्चको निर्णयपछि कार्कीलाई अदालतमा उपस्थित हुन म्याद टाँस्न लागिएको हो ।
कार्कीको घरमा म्याद टाँस्ने सर्वोच्चको प्रयास पटक पटक असफल हुँदै आएको छ । यसअघि म्याद टाँस्न सर्वोच्चले पठाएका तामेलदार म्याद नटाँसी फिर्ता भएका थिए ।











प्रतिक्रिया