१९ कार्तिक २०८३, बिहिबार

तनहुँको मोहरियामा जिप दुर्घटना, एघार जना घाइते

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jeepतनहुँ, १ कात्तिक । तनहुँ जिल्लाको मोहरियामा यात्रु बोकेको जिप दुर्घटना हुँदा एघार जना घाइते भएका छन् ।

आइतबार राति साढे ८ बजे मोहरियामा ना २ च ९४८८ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ६० मिटर ताल खस्दा जिपमा सवार ११ जना घाइते भएका हुन् ।

घाइते ४ जनाको पार्लेन अस्पताल पोखरा, २ जनाको मणिपाल शिक्षण अस्पताल र अन्यको स्थानीय अस्पतालमै उपचार भईरहेको छ ।

घाइतेमध्ये ४ जनाको अवस्था गम्भिर रहेको अस्पतालले जनाएको छ ।