१२ कार्तिक २०८३, बिहिबार

मधेसी मोर्चाले प्रधानमन्त्रीलाई अप्ठेरो बनाउने, छठपछि आन्दोलन गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

puspakamal-dahal-prachandकाठमाडौं, १ कात्तिक । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पुनः अर्को मधेस आन्दोलनको तयारीमा जुटेको छ ।

संविधान संशोधनमार्फत आफ्ना माग पूरा गराउन सत्तारुढ दल अग्रसर नभएको भन्दै मोर्चा आन्दोलनको तयारीमा जुटेको हो । राजधानी दैनिकले समाचार छापेको छ ।

मोर्चाले छठ पर्व लगत्तै आन्दोलन गर्ने गरी गृहकार्य थालेको छ । कांग्रेस, नेकपा माओवादी केन्द्र र मधेसी मोर्चासहितको संघीय गठबन्धनबीच भएको ३ बुँदे सहमतिअनुसार सरकारले संविधान संशोधन प्रक्रिया अघि नबढाएको भन्दै मोर्चाका नेताहरु आन्दोलनको तयारीमा जुटेका हुन् ।