१२ कार्तिक २०८३, बिहिबार

लोकमानलाई म्याद बुझाउन नसक्ने तामेलदार खत्रीलाई कारबाही

11.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shambhu-khatriकाठमाडौं, १ कात्तिक । अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई म्याद बुझाउन नसक्ने सर्वोच्चका तामेलदार शम्भु खत्रीलाई विभागीय कारबाही गर्ने निर्णय भएको छ ।

सर्वोच्चका रजिष्टार श्रीकान्त पौडेल लगायतका सह–रजिष्टारहरुको आइतबार बसेको बैठकले तामेलदार खत्रीलाई विभागीय कारबाही गर्ने निर्णय भएको सर्वोच्च अदालत स्रोतले जानकारी दियो । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

बैठकले तामेलदार खत्रीलाई म्याद बुझाउन नसकेको कारण स्पष्टीकरण लिएको र स्पष्टीकरणमा चित्त नबुझे विभागीय कारबाही गरिएको बताइएको छ ।

गएको दसैं विदा सुरु हुनु धेरै दिन अगाडि नै प्रमुख आयुक्तसँग सम्बन्धित म्याद बुझाउन आवश्यक कागजपत्र तामेलदार खत्रीलाइ दिइएको थियो । त्यसपछि उनी सम्पर्कबाहिर रहेको आरोप लागेको छ ।