१२ कार्तिक २०८३, बिहिबार

विद्यादेवी भण्डारी र डा.रामवरण यादववीच यसरी जोडियो नयाँ नाता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nisha-abhishekhaकाठमाडौं, १ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व राष्ट्रपति डाक्टर रामवरण यादववीत नाता जोडिने भएको छ ।

राष्ट्रपति भण्डारीकी कान्छी छोरी डाक्टर निशाकुसुम र पूर्वराष्ट्रपतिका यादवकी भतिजी किरणका छोरा अभिषेकबीच बिहेको टीकाटालो भएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

अब दुई राष्ट्रपतिबीच सम्धी सम्धिनीको नाता हुनेछ । राष्ट्रपति निवासमा आइतबार टिकाटालो भएको हो ।

उनीहरुको बिहे आगामी माघ महिनाका लागि तय गरिएको छ ।