काठमाडौं, १ कात्तिक । नेपालमा लागुऔषध अपराधमा अधिकतम १५ वर्षसम्म जेल सजाय र ५ लाखसम्म जरिवानाको कानुनी प्रावधान छ ।
जव कि विश्वका धेरै देशमा लागुऔषध कारोबारीलाई मृत्युदण्डसम्मको सजाय छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
कम सजाय भएकाले धेरै विदेशी कारोवारीले नेपाललाई ट्रान्जिट बनाउने गरेका छन् ।
सजाय कम हुनु पनि नेपाल ट्रान्जिट हुनुको एउटा कारण भएको प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो प्रमुख डिआइजी जयबहादुर चन्दले बताए ।
एयरपोर्ट सुरक्षा र रुट फेरेर लैजादा सहज हुने भएकाले उनीहरुले नेपाल रोज्ने गरेका छन् ।















प्रतिक्रिया