काठमाडौं, १ कात्तिक । सडक विभागले गरेको एक अध्ययनले देशभरका सडकहरुमध्ये चारवटा सडकखण्डमा धेरै दुर्घटना हुने देखाएको छ ।
सिद्धार्थ राजमार्गको आर्यभन्ज्याङ–राम्दी सडकखण्ड १२ किलोमिटर, लमही–तुलसीपुर सडकखण्ड २९ दशमलव ६२ किलोमिटर, अरनिको राजमार्गको सूर्य विनायक–दोलालघाट खण्ड ४७ दशमलव १५ किलोमिटर र भालुवाङ–रोल्पा सडकखण्ड ९१ किलोमिटरमा धेरै दुर्घटना हुने गरेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
यी सडकलाई विभागले ब्याल्क स्पट मानेको विभागले सडक तथा ट्राफिक इकाइका इन्जिनियर विवेक पाण्डेले बताए ।















प्रतिक्रिया