पाँचथर, ३० असोज । एमालेका सांसद अग्नि खरेलले इलाकालाई आधार मानेर स्थानीय तह बनाउन नसकिने बताएका छन् ।
पाँचथरमा आइतबार पत्रकारसँग कुरागर्दै खरेलले प्रमुख दलहरुवीच चाँडो स्थानीय तहको निर्वाचन गराउन इलाकालाई आधार मानेर स्थानीय तहको संख्या र सीमा निर्धारण गर्ने समझदारी भएपनि त्यसलाई मान्न नसकिने बताएका हुन् ।
संविधानले व्यवस्था गरेका अधिकारहरुको उपयोग गर्न सक्षम स्थानीय तह आवश्यक पर्ने भन्दै खरेलले इलाकालाई आधार मानेर आयोगले प्रस्ताव गरेको ५ सय ६५ को संख्यामा बढीमा १ सय संख्या थप गर्दै स्थानीय तहको निक्र्यौल गर्नुपर्ने बताए ।













प्रतिक्रिया