काठमाडौं, ३० असोज । अलकायदा विश्व संगठन (दक्षिण एशिया नेपाल)को नाममा धम्काएर रकम असुल गर्दै आएका एक व्यक्तिलाई प्रहरीले काठमाडौंको मनमैजुबाट पक्राउ गरेको छ ।
अर्घाखाँची जिल्ला सिद्धारा– ३ स्थायी घर भएका ४१ वर्षीय बैकुण्ठ बेल्बासेलाई असोज १८ गते मनमैजुबाट पक्राउ गरेको जनाएको छ । उनले अलकायदाका नाममा विभिन्न व्यक्तिसँग रकम माग गर्दै आएका थिए ।
अलकायदासहितका विभिन्न आधा दर्जन भूमिगत संगठनहरूको नाममा राजधानीका विभिन्न व्यक्तिहरूसँग रकम असुल्दै आएका बेल्वासेलाई प्रहरीले पच्छ्याएर पक्राउ गरेको हो ।
बेल्वासेले विभिन्न मोवाईल नम्बरबाट फोन गरी तथा चिठी पत्रहरू पठाई आफूलाई भूमिगत समूहहरू अलकायदा विश्व संगठन (दक्षिण एशिया, नेपाल), सशस्त्र अग्निज्वाला, सशस्त्र डिफेन्स आर्मी फोर्स र टाईगर मुक्ति मोर्चाको कमाण्डर अग्निचट्टान, विवश, असिना जस्ता नक्कली उपनाम राखि धाक–धम्की दिइ आतंङ्कित तुल्याई रकम असुल गर्दै आएको प्रारम्भीक छानविनबाट खुलेको प्रहरी भनाइ छ ।
बेल्बासेलाई अपराध महाशाखा टेकुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।
राजकुमार ढुङ्गानालाई हतियार देखाई अपहरण गरेको अभियोगमा २०७० जेठ १३ गते बैकुण्ठ बेल्बासे सहित ४ जना पक्राउ परी अपहरण तथा शरीर बन्धक र संगठित अपराधमा साउन १० गते काठमाडौं जिल्ला अदालतको फैसलाले सजाय भई २७ महिना जेल भुक्तान गरी ०७२ भदौ २७ गते जेल मुक्त भएका व्यक्ति हुन् ।
नव–आवज (प्रा.)लि.को अध्यक्ष हुँ भनि विभिन्न व्यक्तिहरूसंग पनि बेल्बासेले गठी गर्दै आएका थिए ।
बरामद गरिएका सामानहरु :-
- धम्की दिन प्रयोग गरेको सिम कार्डहरु ।
- अलकायदा विश्व संगठन (दक्षिण एशिया,नेपाल) को नाममा रू.१३ लाख सहयोग भन्ने व्यहोरामालेखेको पत्र थान-१
- सशस्त्र डिफेन्स आर्मी फोर्सको नाममा ‘आर्थिक सहयोग गर्ने सम्बन्धमा’लेखेको पत्र थान – १
- सशस्त्र अग्निज्वालाको नाममा बैठक बस्ने भन्ने व्यहोरामालेखेको पत्र थान – १
- टाईगर मुक्ति मोर्चाको नाममा ‘आर्थिक सहयोग पाउँ भन्ने वारे’ लेखेको पत्र थान – १
- खोज खबर, न्यूजको नाममा हार्दिक स्वागत र सहयोग भन्ने व्यहोरामालेखेको पत्र थान – १
- खोज खबर, काठमाण्डौको नाममा बार्तामा बस्ने भन्ने व्यहोरामालेखेको पत्र थान – १
- दिपेन्द्र खड्गीको नाममा जारी भएको ५७१ नं.को नागरिकता सक्कल थान – १
- नगद रू.१,५०,०००।– (एक लाख पचास हजार) ।
- विभिन्न व्यक्तिहरुको विभिन्न साईजको रंगिन फोटो थान – ९











प्रतिक्रिया