काठमाडौँ, ३० असोज । व्यवस्थापिका–संसद् संसदीय सुनुवाइ विशेष समितिले न्याय परिषद्को सदस्यमा प्रस्तावित अधिवक्ता पदमप्रसाद वैदिकको संसदीय सुनुवाइका लागि आम सञ्चारमध्यममार्फत सूचना सार्वजनिक गर्ने निर्णय गरेको छ ।
नेपालको संविधानअनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले वैदिकको नाम न्याय परिषद्को सदस्य पदमा प्रस्ताव गर्नुभएअनुरुप प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संसदीय सुनुवाइका लागि समितिसमक्ष पठाएको थियो ।
प्रस्तावित वैदिकलाई उक्त पदमा नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार र प्रमाणसहित उजुरी दिन सक्ने प्रयोजनका लागि समितिको आजको बैठकले सार्वजनिक सञ्चारमाध्यममार्फत सूचना जारी गर्ने निर्णय गरेको हो ।
प्यूठान नगरपालिका–१९ स्थायी घर भएका वैदिक नेपाल बार एसोसिएसनका पूर्वउपाध्यक्षसमेत हुनुहुन्छ । रासस












प्रतिक्रिया