३० कार्तिक २०८३, सोमबार

प्रचण्ड र सी जिनपिङको बैठक कोठामा अकस्मात मोदी छिरेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prachanda-modi-sijingping

गोवा, ३० असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच शनिबार भारतको गोवामा गोप्य भेट चलिरहेको थियो । प्रधानमन्त्री प्रचण्डको भारत यात्राको मुख्य उद्देश्य नै चिनियाँ राष्ट्रपतिलाई भेट्ने थियो । भारतको गोवामा भइरहेको ब्रिक्स शिखर सम्मेलनका क्रममा साइडलाइन वार्तामा शनिबार साँझ ७ः३० बजे  प्रचण्डले चिनियाँ राष्ट्रपतिबाट ४० मिनेटको समय पनि पाएका थिए ।  बैठक कोठामा प्रधानमन्त्री प्रचण्ड, सी जिनपिङको अतिरिक्त प्रचण्ड पत्नी सीता मात्र थिइन् । तर, जब प्रचण्ड र सी जिनपिङबीच भेटवार्ता अघि बढिरहेको थियो, त्यति नै बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि अकस्मात त्यो बैठक कक्षमा पुगे । नेपाल र चीनबीच गोप्य र महत्वपूर्ण वार्ता भइरहेका बेला मोदी पनि पुगेपछि बैठकले अर्कै रुप लियो । त्यसपछि करिब २० मिनेट नेपाल, भारत र चीनको त्रिदेशीय विषयवस्तुमा छलफल भयो । मोदीको प्रवेशपछि चिनियाँ राष्ट्रपतिले केही असहज महसुस गरेका थिए । नेपाल र चीनबीचको गोप्य बैठकमा मोदी छिर्नुलाई गम्भीर रुपमा लिइएको छ । तर, प्रचण्ड पुत्र प्रकाशले भने त्यसलाई संयोगको संज्ञा दिएका छन् ।

prachanda-modi-sijingping1

यसैपनि भारतीय भूमिमा नेपाल र चीनको छलफल हुनु जायज नहुने टिकाटिप्पणी भइरहेको थियो । भारतीय निगरानीमा हुने भेटवार्ताले नेपाललाई कुनै फाइदा नहुने चर्चा नेपालको कुटनीतिक वृत्तमा चलिरहेको थियो । तर, बैठक कक्षमा अनावश्यक रुपमा भारतीय प्रधानमन्त्रीको प्रवेशलाई नेपालका कुटनीतिज्ञहरुले गम्भीर रुपमा लिएका छन् । सामाजिक सञ्जालमा पनि यसले निकै ठूलो चर्चा पाएको छ ।

बंगलादेश र कम्बोडिया भ्रमणको समय निकाले पनि प्रचण्ड नेतृत्व नयाँ सरकार बनेपछि नेपाल भ्रमण रद्द गरेका चिनियाँ राष्ट्रपति मोदीको हस्तक्षेपबाट झन् खुसी होलान् त ? प्रश्न उब्जिएको छ । आखिर नेपाल र चीनबीचको भ्रमणमा मोदीले आउने हिम्मत कसरी गरे ? कतै चिनियाँ राष्ट्रपतिलाई छक्याउने गरी प्रचण्ड र मोदीबीच पहिल्यै सल्लाह त भएको थिएन् ? शंका उब्जिएको छ ।