१२ कार्तिक २०८३, बिहिबार

यसरी ततायो एमालेको चियापानले राजनीतिक माहोल, मधेसी मोर्चाको नेता पनि सहभागी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uml-660x330काठमाडौं, ३० असोज । प्रमुख प्रतिपक्षी एमालेले शनिबार गरेको चियापानले राष्ट्रिय राजनीतिको माहोल तताएको छ ।

दसैँ, तिहारलगायत राष्ट्रिय पर्वका अवसरमा अध्यक्ष केपी ओलीले गरेको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा भेट भएका शीर्ष नेताहरूले संविधान कार्यान्वयन र संविधान संशोधनका मुद्दामा अबको राजनीतिक माहोल केन्द्रित हुने प्रस्ट सन्देश दिएका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

सत्तारुढ कांग्रेसका नेताहरूले एमालेसहितको सहमतिमा संविधान कार्यान्वयन र संशोधन प्रक्रिया अघि बढ्ने सन्देश दिएका थिए । एमाले नेताहरूले पनि मिलेर अघि बढ्न तयार रहेको प्रतिबद्धता जनाएका थिए ।

को–को गए चियापानमा ?
धुम्बराहीको शंखपार्कमा आयोजित चियापानमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई, पूर्वप्रधानमन्त्री तथा राप्रपाका वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्द, सभामुख ओनसरी घर्ती पुगेका थिए । मन्त्रीहरु शंकर भण्डारी, गगन थापा, केशवकुमार बुढाथोकीलगायतको पनि सहभागीता थियो । माओवादी केन्द्रका नेताहरु पनि चियापानमा सहभागी थिए ।

अपरान्ह १२ बजेबाट साँढे ३ बजेजसम्म आयोजित कार्यक्रममा चन्द सबैभन्दा पहिले र मन्त्री थापा अन्त्यतिर पुगेका थिए । भारत, चीन, अमेरिका, युरोपियन युनियन, सार्क राष्ट्रलगायतका मुलुकका नेपालस्थित कुटनीतिक नियोगका प्रमुखहरु, सरकारी सेवाका विशिष्ट अधिकारी, तिनवटै सुरक्षा अंगका प्रमुख, उद्योगी–व्यापारी, कलाकार, एमालेका हजारौं नेता–कार्यकर्ताको चियापानमा पुगेका थिए । अध्यक्ष केपी ओलीसहित मञ्चमा लहरै रहेका वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतमलगायतले पाहुनाको स्वागत गरेका थिए ।

मधेसी मोर्चाको नेता पनि सहभागी

अघिल्लो सरकारको नेतृत्व गरेकोबेला सम्बन्ध चिसिए पनि मधेसी मोर्चाका नेताहरु एमालेको चियापान कार्यक्रममा सहभागी भए ।

तमलोपा अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलगायत मधेसी नेताहरु चियापानमा सहभागी भएर एमाले नेताहरुसँग अबको राजनीतिक निकासबारे छलफलसमेत गरेका थिए ।

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, रामसपाका अध्यक्ष शरतसिंह भण्डारीलगायतका नेताहरु भने चियापानमा देखिएनन् ।