काठमाडौं, ३० असोज । तराईका जिल्लाबाट राजधानी भित्रिने यात्रुवाहक बसहरु कडा निगरानीमा परेका छन् ।
दशैं मान्न गएका सर्वसाधारणलाई प्रयोग गरी काठमाडौं उपत्यकामा पटका तथा विस्फोटक पदार्थ भित्र्याउन लागेको सूचनालाई मध्यनजर गरी प्रहरीले उपत्यका भित्रिने यात्रुवाहक तथा निजी सवारीसाधनमाथि कडा निगरानी सुरु गरेको हो । राजधानी दैनिकले समाचार छापेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक बिक्रमसिंह थापाले पठक फेला परे तिकारसम्मै हिरासतमा राखिने जानकारी दिएका छन् ।
एसएसपी थापाका अनुसार पटका लिएर राजधानी भित्रिने जोसुकै भए पनि उनीहरुको तिहार प्रहरी हिरासतमै वित्नेछ ।















प्रतिक्रिया