अत्तरीया, २९ असोज । नेकपा माओवादी केन्द्रका नेता एवं ७ नम्बर प्रदेशका ईन्चार्ज लेखराज भट्टले स्थानीय निकायको निर्वाचनमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
पार्टी तथा जनवर्गीय सुदृढीकरणको माग राख्दै शनिबार माओवादी केन्द्र कञ्चनपुरका ईन्चार्ज देविलाल चौधरीको नेतृत्वमा आएको टोलीसँग भेट गर्दै उहाँले स्थानीय निर्वाचनको तयारी गर्न निर्देशन दिनुभएको हो । उहाँले भन्नुभयो– आगामी चैतमा स्थानीय निकायको निर्वाचन हुँदैछ । तपाईहरु आआफ्नो क्षेत्रमा खटिनुस् । आफ्नो क्षेत्रमा आधारशिला तयार पार्नुस् ।’
भेटमा कञ्चनपुरको टोलीले राखेको तत्काल संगठनका वडा गाउँ नगर र जिल्ला सम्मेलन गर्नुपर्ने मागमा नेता भट्टले पार्टी हेडक्वार्टरसँग समन्वय गर्ने आश्वासन दिनुभयो । उहाँले भन्नुभयो– ‘यहाँहरुले उठाएका मागहरुमा मेरो ध्यानाकर्षण भएको छ । पार्टीमा कुरा राख्छु । पार्टी र संगठन सुदृढीकरणका लागि पहल गर्छु ।’
भेटमा माओवादी केन्द्र कञ्चनपुरको टोलीले पार्टीको विधि र प्रक्रियाहरु अनुसार सरकार सञ्चालन तथा काम कारवाही जनताको पक्षमा हुनुपर्ने भन्दै क्षेत्रीय ईन्चार्ज भट्टको ध्यानाकर्षण गराएको वाईसिएलका केन्द्रीय सदस्य अर्जुन साउदले जानकारी दिनुभयो ।














प्रतिक्रिया