१९ कार्तिक २०८३, बिहिबार

पाँचथरमा जिप पल्टिदा ११ जना घाइते

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

geep-accident– कृष्ण ओझा

पाँचथर, २९ असोज । पाँचथरको च्याङथापुबाट फिदिम आउदै गरेको मे १ ज ३७२ न को जिप शुक्रबार पल्टिदा ११ जना घाइते भएका छन् ।

मेची लोकमार्ग भारपा ८ सिरिसे घूम्ती नजीक जिपको ब्रेक फेलभइ नालीमा पल्टीएको हो । घटना पस्चात प्रनाउ नकूल पोखरेलको टोलिले घाइतेहरुलाइ उद्धार गरी पाँचथर अस्पतालमा ल्याएका थिए ।

घाइते हुनेहरुमा च्याङथापु १ का २० बर्षीया अल्का लिम्बू, फलैचा १ का १० बर्षीय उत्सब खनाल, च्याङथापु १ का २४ बर्षीय रमेश अधिकारी,फलैचा १ का ४० बर्षीया सिता अधिकारी,फिदिम नपा १ का ८ बर्षीया अनूपा चौलागाई, ३५ बर्षीया  मिना चौलागाई, १४ बर्षीया उत्सब चौलागाई, झापा शिवसतासि नपा ३ का २८ बर्षीय इन्द्र कूमार गौतम, च्याङथापु ६ का २१ बर्षीय अर्जून राई, झापा शिवसतासि नपा ३ का ५६ बर्षीय टिका गौतम, पाँचथर फलैचा ३ का २० बर्षीय यादव अधिकारी रहेका छन ।

उनीहरुको पाँचथर असपतालमा उपचार भइरहेको छ । भने घाइतेमध्ये अल्का लिम्बूलाई सुबिधा सम्पन्न अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।