३० आश्विन २०८३, शुक्रबार

सरकारी कर्मचारीलाई तनाव व्यवस्थापन सिकाइँदै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Karmachariकाठमाडौं, १६ भदौ । आफूभन्दा कनिष्टको पदोन्‍नति भयो आफ्नो भएन, कहाँ भन्‍ने रु हाकिमबाट केही कुरामा गाली खाइयो, के गर्ने थोरै तलबबाट महिनाभर पारिवारिक आवश्यकता धान्‍न कठिन भयो, के गर्ने ?’

सरकारी कर्मचारीमा यसरी उत्पन्‍न हुने तनाव व्यवस्थापन गर्ने निष्कर्षमा सरकार पुगेको छ। सरकारले कर्मचारीलाई क्षमता र पेसागत ज्ञानसँगै तनाव व्यवस्थापन गर्न सिकाउने उद्देश्यले राष्ट्रिय तालिम कार्यक्रम सञ्‍चालन गर्ने तयारी गरेको हो।

मन्त्रिपरिषद्‌मा पठाइएको तालिमसम्बन्धी प्रस्तावमा व्यक्तिगत, सामाजिक तथा कार्यस्थल वातावरणका कारण उपन्‍न हुने तनावसँग जुध्न सिकाउने पाठ्यसामग्री राखिएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीका अनुसार तनावपूर्ण वातावरणले कर्मचारीको निर्णय क्षमतामा असर नपरोस् भन्ने उद्देश्यले तालिम दिन लागिएको हो। ‘कर्मचारीमा सबैभन्दा पहिले बजार भाउअनुसार तलबभत्ता नबढ्दा व्यक्तिगत र परिवारिक तनाव हुने देखिएको छ’, उनले भने।

सामाजिक दायित्व धेरै भएका कर्मचारीले ती दायित्व पूरा गर्न नसक्दा पनि तनाव बेहोर्नुपर्ने हुन्छ। त्यस्तै सरुवा भएर परिवारबाट टाढा हुँदा, भनेका बेला बिदा नपाउँदा, कार्यालय प्रमुख र सहकर्मीसँग सम्बन्ध बिग्रंदा पनि कर्मचारीमा तनाव देखिने गरेको छ।

त्यसपछि कर्मचारीले सर्वाधिक तनाव वातावरण भोग्नुपर्ने अधिकारीले बताए। कार्यथलोमा इमानदार भएर काम गर्दा वा कुनै काम गर्न र नगर्न भन्दै आउने धम्कीले पनि कर्मचारीमा तनाव हुने गरेको पाइन्छ। ‘यस्तै तनावको व्यवस्थापन कसरी गर्ने भन्ने तरिका र ज्ञान तालिममा सिकाइनेछ’, अधिकारीले भने।