ढाका, २८ असोज । चीनका राष्ट्रपति सि जिङ्गपिङ औपचारिक भ्रमणका लागि शुक्रबार बङलादेशको राजधानी ढाका आइपुग्नु भएको छ । दक्षिण एसियाली यो देशमा चीनका राष्ट्रप्रमुखको भ्रमण ३० बर्षपछि भएको हो ।
भ्रमणका क्रममा उहाँले बङ्गलादेशका राष्ट्रपति अब्दुल्ला हमिद, राष्ट्रिय सभाका सभामुख शिरिन शरमिन चौधरी र प्रधानमन्त्री शेख हसिनासँग भेटर्वार्ता गर्नुहुने छ ।
अत्याधिक जनसङ्ख्या भएका चीन र बङ्लादेशकावीचमा सन् १९७५ देखि कुटनैतिक सम्बन्ध रहेको छ । सिले यसअघि सन् २०१० मा चीनको उपराष्ट्रपति हुदा बङ्लादेशको भ्रमण गर्नुभएको थियो ।
चीन बङ्लादेशको सबैभन्दा ठुलो व्यापारिक साझेदार देश हो भने दक्षिण एसियामा बङ्गलादेश चीनको तेस्रो ठूलो व्यापारिक साझेदार हो ।
सिको बङ्गलादेश भ्रमण दुई देशको सम्वन्ध विकास र साझेदारी बृद्धिका लागि कोशेढुङ्गा सावित हुने बङ्लादेशका नेताहरुले विश्वास लिएका छन् ।
सिसँग हमिदले यसअघि सन् २०१४ मा चीनको राजधानी बेइजिङमा भेटवार्ता गर्नुभएको थियो ।
भारतको गोवामा आयोजना हुनलागेको ब्रिक्स शिखर सम्मेलनमा भाग लिन जानेक्रममा राष्ट्रपति सि शुक्रबार बङ्गलादेश आइपुग्नु भएको हो ।
चीनबाट बिहीबार बिहान प्रस्थान गर्नुभएका सिले बिहीबार कम्बोडियाको औपचारिक भ्रमण गर्नु भएको थियो । रासस/सिन्ह्वा
















प्रतिक्रिया