१९ कार्तिक २०८३, बिहिबार

विषालु सर्पको डसाइबाट महिलाको मृत्यु

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

snake-bite-dream-mean_5b728d917b8b79f4गौशाला, २८ असोज । महोत्तरीको मटिहानी गाविसमा गएराति विषालु सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मटिहानी–१ बस्ने ३८ वर्षीया हलिमा खातुन रहेकी छिन् । हिजो साँझ घर नजिकैको वनमा घाँस काट्न गएकी हलिमालाई गोमन सर्पले टोकेको थियो ।

उनलाई राति नै उपचारका लागि भारत बिहारको दरभङ्गा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको उनका ससुरा अघनु कवारीले बताउनुभयो । रासस