३० कार्तिक २०८३, सोमबार

दुई प्रहरी संगठनका महानिरीक्षकद्वय अर्याल र राई मध्यराति अमेरिका प्रस्थान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

upendrakanta-aryalकाठमाडौं, २८ असोज । संयुक्त राज्य अमेरिकाको सानडियागो क्यालिफोर्नियामा संचालन हुने अन्तर्राष्ट्रिय प्रहरी प्रमुख संघको १२३औं वार्षिक सम्मेलनमा सहभागी हुन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

सम्मेलनमा विश्वभरिका प्रहरी संगठन प्रमुखहरुको सहभागिता रहनेछ । महानिरीक्षक अर्याल बिहीबार राति अमेरिका प्रस्थान गर्नु भएको हो ।

सम्मेलनमा विश्वभरिका प्रहरी संगठनहरुले सामना गरिरहनुपरेका समस्या तथा चुनौतीहरु एवं तिनलाई सामना गर्न अपनाउनुपर्ने रणनीति लगायत प्रहरी र नागरिक समुदाय बिचको सम्बन्ध, प्रविधिको प्रयोगसँगै देखिएका आपराधिक क्रियाकलापका विषयमा कार्यपत्र प्रस्तुत हुनेछ ।

सम्मेलनमा सहभागी हुन सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईसमेत त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

सम्मेलनमा नेपाल प्रहरीका तर्फबाट प्रहरी अतिरिक्त महानिरीक्षकद्वय सुरेन्द्रबहादुर शाह र केदारप्रकाश साउद समेतको सहभागिता रहेको छ ।

उहाँहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल गौचरणमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका बरिष्ठ प्रहरी अधिकृतहरुले शुभकामना सहित बिदाई गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

प्रहरी महानिरीक्षक अर्याल यही कात्तिक ५ गते नेपाल फर्किने कार्यक्रम रहेको छ । अर्यालको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले निमित्त प्रहरी महानिरीक्षकको कार्यभार सम्हाल्नु हुनेछ ।