३० कार्तिक २०८३, सोमबार

माओवादीकी मन्त्रीलाई माओवादी नेताकै यस्तो व्यंग्य

30.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

radhika-tamang-photo-copy

काठमाडौँ, २६ असोज । माओवादी केन्द्रबाट कृषि राज्यमन्त्री बनेकी राधिका तामाङलाई माओवादी केन्द्रका एक केन्द्रीय सदस्यले तिखो व्यंग्य गरेका छन् ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य सचिन रोकाले सामाजिक सञ्जाल फेसबुकमार्फत राज्यमन्त्री तामाङलाई व्यंग्य गरेका छन् । युद्धकालमा माओवादीले हिन्दूधर्मका पुजारीको टुप्पी काटेको प्रसंग जोड्दै उनले लेखेका छन् – परिवर्तनको नमुनाः हिजो पुजारीको टुप्पी काट्ने, आज गाडी पूजा गर्ने !’

कृषि राज्यमन्त्री तामाङले महानवमीका दिनमा गाडी पूजा गरिरहेको फोटो फेसबुकमा सार्वजनिक भएपछि रोकाले फेसबुकबाटै जबाफ फर्काएका हुन् । रोका माओवादीको जनवर्गीय संगठन प्रेस सेन्टर नेपालका समेत केन्द्रीय उपाध्यक्ष हुन् ।

उनको फेसबुक स्टाटसमा विभिन्न व्यक्तिहरुले माओवादी मन्त्रीको विरोधाभाष पूर्ण कार्यको आलोचनात्मक टिप्पणी गरेका छन् ।

radhika-tamang-photo