
काठमाडौँ, २५ । बडा दशैंको सबैभन्दा महत्वपूर्ण दिन टीकाकै दिन नेपालमा फेरि भूकम्पको धक्का महसुस गरिएको छ ।
मंगलबार दिउँसो १२ बजेर ५३ मिनेटमा दोलखा केन्द्रविन्दु भएर ४ दशमलव ६ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । मंगलबार दिउँसो दशैंको रमझममा रमाइरहेका बेला भूकम्पको धक्का महसुस गर्दा दोलखाबासी त्रसित भएका थिए ।
यसअघि गत शुक्रबार बिहान पनि दोलखालाई नै केन्द्रविन्दु बनाएर ४ दशमलव २ रेक्टर स्केलको परकम्प गएको थियो ।












प्रतिक्रिया