
काठमाडौँ, २५ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा आज बिहान ०८ः४५ बजेको शुभसाइतमा हनुमानढोका दसैँघरका मूल पुजारी देवराज अर्यालबाट विजयादशमीको टीका लगाउनुभयो ।
राष्ट्रपतिलाई उहाँले शास्त्रोक्त विधिपूर्वक अभिषेक गर्दै जमरा र नवदुर्गाको प्रसाद प्रदान गर्नुभएको थियो । सो अवसरमा राष्ट्रपतिका पुरोहित पण्डित खेमचन्द्र ढकाल पनि उपस्थित हुनुहुन्थ्यो ।
सोही अवसरमा राष्ट्रपति भण्डारीलाई उहाँका काका काकी खगेन्द्र पाण्डे र ज्ञानु पाण्डे तथा जयन्त पाण्डे र सावित्री पाण्डेले पनि टीका लगाइदिनुभयो । राष्ट्रपति भण्डारीले पनि छोरी उषाकिरणलाई टीका लगाइनुभयो ।
साथै, सोही अवसरमा राष्ट्रपतिले पनि आफ्ना परिवारका अन्य सदस्य तथा आफन्तहरुलाई टीका लगाइदिनुभएको थियो । राष्ट्रपतिले सर्वसाधारणलाई दसैँको टीका आज अपरान्ह २ बजेदेखि लगाइदिने कार्यक्रम रहेको छ । रासस
![/fi6«klt sfof{no lztn lgjf;df d+unaf/ 6Lsfsf] lbg ;fO6d} cfkmGtnfO{ 6Lsf tyf hd/f nufOlb+b} /fi6«klt ljBfb]jL e08f/L . tl:a/ M /Tg >]i7, /f;; .](https://www.dainiknepal.com/wp-content/uploads/2016/10/Bidhya-Bhandari-Tika-Dashian3-650x433.jpg)
![/fi6«klt ljBfb]jL e08f/L cfkmgf sfsLsf] af6sf] xftaf6 a8fb;}Fsf] cj;/df d+unaf/ 6Lsf tyf hd/f u|x0f ug'{x'Fb} . tl:a/ M /Tg >]i7, /f;; .](https://www.dainiknepal.com/wp-content/uploads/2016/10/Bidhya-Bhandari-Tika-Dashian2-650x433.jpg)

![/fi6«klt sfof{no lztn lgjf;df d+unaf/ 6Lsfsf] lbg ;fO6d} cfkmGtnfO{ 6Lsf tyf hd/f nufOlb+b} /fi6«klt ljBfb]jL e08f/L . tl:a/ M /Tg >]i7, /f;; .](https://www.dainiknepal.com/wp-content/uploads/2016/10/Bidhya-Bhandari-Tika-Dashian-650x433.jpg)











प्रतिक्रिया