१९ कार्तिक २०८३, बिहिबार

रक्सी पसलमा आगलागी हुँदा रु पन्ध्र लाख क्षति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Aago

इनरुवा, २४ असोज । सुनसरी सदरमुकाम इनरुवा–५ महेन्द्रचोकमा आइतबार मध्यराति भीषण आगलागी आगलागी हँुदा करिब १५ लाख बराबरको क्षति भएको छ ।

स्थानीयवासी सीताराम पाठकको दन्तकाली सप्लायर्स अर्थात् रक्सीको थोक पसलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । आगलागीमा को१२प २८५६ नंको पल्सर मोटरसाइकल सहित विभिन्न ब्रान्डका रक्सी, बियर, रेडबुल लगायत सामग्री पूर्ण रुपले जलेर नष्ट भएको छ ।

आगलागी स्थानीयवासी, प्रहरी र इनरुवा नगरपालिकाबाट गएको वारुणयन्त्रले नियन्त्रणमा लिएको थियो । कसैले व्यक्तिगत रिसइबी साध्न बाहिरबाट पेट्रोल छर्केर आगो लगाएको पीडित पक्षको आरोप छ । रासस