काठमाडौं, २३ असोज । भारतीय ट्रकको ठक्करबाट राजधानीको चन्द्रागिरीमा एक दम्पत्तीको मृत्यु भएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार चन्द्रागिरी नगरपालिका–३ चिसापानी धारा बस्ने ५० वर्षीय राजकुमार ढकाल र उनकी श्रीमती ४० वर्षीया दुर्गा खत्रीको ट्रकको ठक्करबाट आइतबार मृत्यु भएको हो ।
युपी ५७ टी ४५४ नम्बरको भारतीय ट्रकले केरा लिई आएको अबस्थामा ब्रेक फेल भएको कारण उकालोबाट ओरालोतर्फ ब्याक भई उनको घरमा ठोक्किदा घरभित्र सुतिरहेका उनीहरु गम्भीर घाइते भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार क्रममा राजकुमारको तथा उपचारको लागि टिचिङ अस्पताल लैजादै गर्दा बाटोर्म दुर्गाको मृत्यु भएको थियो ।













प्रतिक्रिया