१९ कार्तिक २०८३, बिहिबार

मधेस र राष्ट्रको विकास एमालेले मात्र गर्नसक्छः नेता चौधरी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baijnath-chaudhary

– मोहन पौडेल

परासी, २३ असोज । नेकपा एमालेका प्रभावशाली नेता एवं लुम्बिनी इन्चार्ज बैजनाथ चौधरीले एमाले कसकै विरोधी नभई राष्ट्र निर्माण गर्ने पार्टी भएको बताउनुभएको छ ।

विजयादशमी, शुभदिपावली तथा छठ पर्वको अवसरमा एमाले सुनवल नगरकमिटी नवलपरासीले शनिबार सुनवलमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेता चौधरीले मधेसको विकासका लागि एमाले नेतृत्वको सरकारले तराईका प्रत्येक जिल्ला सदरमुकाममा पचास करोडको योजना, राजमार्गदेखि सीमासम्मको बाटो विस्तार, मधेसी नागरिकको जिविकोपार्जन कार्यक्रम ल्याएकोले कसरी मधेस विरोधी भयो भनेर प्रश्न गर्नुभयो ।

नवलपरासी क्षेत्र न. ४ का सांसद समेत रहेका नेता चौधरीले एमाले नेतृत्वको सरकारले मधेसका लागि ल्याएको योजनाको अभियान मार्फत गाउँ गाउँमा जागरण चलाउने पनि बताउनुभयो ।

एमाले सुनवल नगर अध्यक्ष ओम पुनको अध्यक्षतामा भएको सो कार्यक्रममा एमाले प्रदेश नं. ५ का सदस्य भगवति भण्डारी, पुर्व केन्द्रीय सल्हाकार केशवरणी पोखरेल, जिल्ला संगठन विभाग प्रमुख थानप्रसाद गैह्रे, अनेमसंघ केन्द्रीय सदस्य विमला अर्याल, जिल्ला सदस्य ओमबहादुर थापा, पुस्तकालय तथा अभिलेख विभागका केन्द्रीय सदस्य श्याम वस्याल, क्षत्रिय अध्यक्ष उमानाथ पोखरेल, उपाध्यक्ष अवधराज यादव, सचिव कृष्ण देवकोटा, पुर्व क्षत्रिय अध्यक्ष रामचन्द्र भण्डारी, क्षत्रिय सदस्य उमाकान्त उपाध्याय, चण्डीप्रसाद पाण्डे, मन्जु गुरुङ, रामग्राम नगर अध्यक्ष खगेश्वर पन्थी, रामनगर अध्यक्ष नारायण तिवारी, बन्जरिया अध्यक्ष दण्डपानी पाठक सुनवल नगर उपाध्यक्ष दुर्गानारायण सुवेदी, सचिव बाबुराम केसी लगायतले शुभकामना व्यक्त गर्नुभ्एको थियो ।