३० कार्तिक २०८३, सोमबार

दसैंका बेला नेपाली चेलीहरु साउदीको जेलमा, नेपाल सरकारले हेरेन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kuwait-bat-lyayeka-nepali-cheliharu

साउदी अरब । नेपाल फर्केर बालबच्चा र घरपरिवारकासाथ दुःख सुख दशैं मनाउला भन्दै महिनौदेखि नेपाली राजदूतावासको सेल्टरमा रहेका नेपाली चेलीहरु अहिले साउदी अरबको जेलमा रुँदै बस्न बाध्य भएका छन् ।

कुवेतबाट साउदी अरब आइपुगेका र राजदूतावासको शरणमा पुगेका ती चेलीहरुलाई दूतावासले उद्धार गर्न गरेको प्रयास असफल भएपछि उनीहरुको जेलको बास भएको हो ।

कुवैतमा घरेलु कामदारका रुपमा काम गर्न श्रमस्वीकृति दिलाएर नेपालबाट ल्याईएका र कुवैतमा नेपाली र अरबीयन दलालबाट बेचिएर साउदी अरबमा बधुँवा कामदार सरह बनाईएका उनीहरुको उद्धारका लागि दूतावासले नेपाल सरकारको परराष्ट्र र श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार कामदार कल्याण कोष लगायतमा पटकपटक रिर्पोट पठाएर र सहयोगका लागि अनुरोध गरेपनि वेवास्ता गरेका कारण नेपाली चेलीहरु साउदीको जेलमा पुगेका हुन् ।

कुवैतबाट पर्यटक भिसामा साउदी अरब भित्राइएका उनीहरुलाई गैरकानुनी रुपमा बसोबास गरेको आरोपमा साउदी सरकारले तोकेको जरिवाना तिर्न नसकेपछि जेल बस्नु पर्ने भएको हो ।

कार्यबाहक राजदूत आनन्द शर्माका अनुसार कुवैतबाट ल्याईएका ती चेलीहरुले १५ हजार रियाल (४ लाख २७ हजार रुपैयाँ) सम्म गैरकानुनी बसोबास वापतको जरिवान तिर्नुपर्दछ ।

त्यो जरिवाना मिन्हा गर्न र नेपाल फर्कन एक्जिट भिसा दिलाउन तीन महिना अघिदेखि दुतावासले साउदी सरकारसंग अनुरोध गरेको थियो तर अस्विकृत भएका कारण दूतावासको शेल्टरमा रहेका उनीहरुलाई त्यहाँस्थित डिपोर्टेशन सेन्टर तथा महिला जेलमा पठाईएको हो ।

अब उनीहरुलाई साउदी सरकारको निर्णय अनुसार जेलबाटै नेपाल पठाउने व्यवस्था हुने छ ।

– महेश श्रेष्ठबाट