१९ कार्तिक २०८३, बिहिबार

दशैंको बेलामा यस्तो मरण, काठमाडौँमा तीन जनाको शव भेटियो

7.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dead body with toe tag, under a white sheet

काठमाडौँ, २२ असोज । काठमाडौँ महानगरपालिका–३१ बागबजारस्थित दुर्गा गेष्टहाउसको ८ नम्बर कोठा बुक गरी बसेका भक्तपुर सुडाल–७ का ५३ वर्षीय लिलानाथ तिमिल्सिना शनिबार मृत फेला परेका छन् ।

यसैगरी, काठमाडौँको कागेश्वरी मनहरा–५, डाँछीमा नुवाकोट जिल्ला राउतबेसी–२ का मजदूरी गर्ने ५५ वर्षीय कुमार लामा आफैँ बस्ने कोठाबाहिर शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै, काठमाडौं महानगरपालिका–३५ जडिवुटीस्थित वडा कार्यालय नजिक नालामा दोलखा बोच–१ घर भएका सुन्दर थापा शनिबार मृत अवस्थामा फेला परेका छन् । रासस