काठमाडौँ, २२ असोज । स्वास्थ्यमन्त्री गगनकुमार थापाले दसैँ, दीपावली, नेपाल सम्वत्, छठ, इद र ल्होसारको अवसरमा आज यहाँ मित्रपार्कमा चियापान तथा शुभकामना कार्यक्रमको आयोजना गर्नुभएको छ ।
उहाँ निर्वाचित काठमाडौँ क्षेत्र नं ४ सांसदको सम्पर्क कार्यालयले संयोजन गरेको उक्त कार्यक्रममा त्यस क्षेत्रका बुद्धिजीवी, समाजसेवी, स्थानीयवासीको सहभागिता थियो ।
सो अवसरमा मन्त्री थापाले त्यस क्षेत्रका स्थानीयवासीसँग पूर्वाधार, विकास, निर्माणका बारेमा छलफलसमेत गर्नुभएको थियो । रासस













प्रतिक्रिया