१ कार्तिक २०८३, शनिबार

फ्लोरिडामा ‘म्याथ्यू’ आँधीबाट अहिलेसम्म ४ जनाको मृत्यु, नेपालीहरु सुरक्षित

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

florida-usa-1

– विजय थापा

वाशिंटन डिसी, २२ असोज । म्याथ्यू ४ वर्गको आँधी आउने भबिष्य वाणी गरिएता पनि म्याथ्यू ३ र २ वर्ग आँधीले अमेरिकाको फ्लोरिडामा निकै क्षति पुर्याएको छ ।

आँधीसँगै आएको बाढीका कारण अहिलेसम्म मर्नेको संख्या ४ पुगेको सरकारी अधिकारीले जानकारी दिएका छन भने आंधी रोकिएपछि अझ उक्त संख्या बढ्न सक्ने सम्भावना पनि रहेको छ ।

florida-usa

करिब १० लाख घर परिवारमा बिद्युत आपूर्ति बन्द भएको छ भने अझ यो संख्या वृद्धि हुन्सक्ने जनाएको छ । फ्लोरिडाका गभर्नर रिक् स्कटले आंधी म्याथ्यूको कारण समस्या उत्पन्न भएको पत्रकार भेटघाटमा बताए । पूर्व सतर्कता अपनाई पुरा तयारी साथ बिद्युत आपूर्ति गर्ने जिम्मा लिएका प्रतिष्ठानहरुले मध्य तथा दक्षिण फ्लोरिडामा सुरु गर्ने समेत गभर्नरले जानकारी दिएका छन् ।

आंधीका चपेटामा परेका फ्लोरिडाका करिब २३ हजार मानिसलाई १ सय ८० सुरक्षित स्थलमा आश्रय दिइएको छ भने अहिलेसम्म फ्लोरिडा राज्यमा करिब ५ दिन सम्मको लागि इन्धन प्रशस्त रहेको छ ।

florida-usa-2

आंधीका चपेटामा परेका सेन्ट जोन्स काउन्टीका सबै पुल बाहेक अन्य सबै मुख्य सडकहरु खुल्ला गरिएको छ । यसैगरि सशुल्क ढाटहरु अर्को २४ घण्टाको लागि आंधी अर्को स्थानमा नजाउञ्जेल सम्म बन्द गरिएको छ ।

आंधी र बाढीको चपेटमामा ज्याक्सनभिल ज्यादा प्रभावित रहेको छ र केहि लामो समयसम्म रहने पनि बताईएको छ । दिवा समयदेखि नै म्याथ्यू कम्जोर हुँदै म्याथ्यू आंधी वर्ग २ मा झरेको थियो भने अत्यधिक आंधीको गति १ सय १० माइल प्रति घण्टा रहेको थियो । साँझ ५ बजे प्रति माइल १२ को रफ्तारमा उत्तर तर्फ लागेको छ । फ्लोरिडामा सन् २००४ मा शक्तिशाली आँधी आएको थियो ।

florida-usa-3

म्याथ्यू आँधीबाट बच्न फ्लोरिडा, साउथ करोलिना तथा जर्जिया राज्यका करिब २० लाख भन्दा बढी मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।

फ्लोरिडाका प्रभावित मुख्य शहर तथा वरपर स्थानमा लामो समयदेखि बसोबास गर्ने नेपाली समुदाय मध्येका अन्तरराष्ट्रिय नेपाली समुदायका संस्थापक केनी पाण्डे, नासाका अध्यक्ष बिमल नेपाल तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज फ्लोरिडा शाखाकी अध्यक्ष मिना शाक्यले आफूहरु सुरक्षित रहेको बताएका छन् ।

बिद्युत आपूर्ति बन्द भएपछि करिब ५–६ दिनमा आउने र आफूहरुले सकेसम्म सुरक्षित उपाय अपनाई रहेको बताए ।