१ कार्तिक २०८३, शनिबार

यूएई पुगेर योगेश भट्टराईले भने- एमाले बिना देश विकास सम्भव छैन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Yogesh-Bhattarai-5-1024x682

– गणेश जोशी

यूएई, २२ असोज । नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले युवा विनाको देश बिकास असम्भव भएको बताउनुभएको छ ।

नेकपा एमालेको भातृ संगठन प्रवास नेपाली मञ्च यूएइको निमन्त्रणामा चार दिने औपचारिक भ्रमणमा रहनु भएका नेता भट्टराइले आज प्रवासी नेपाली मञ्चको दसैं शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै देश बिकासमा युवाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले पटक पटक हुने सरकार परिबर्तन देशको लागि दूर्भाग्यपूर्ण रहेको समेत बताउनुभयो । नेता भट्टराइले अहिलेको सरकार सत्ताको लागि लम्पसार परेको आरोप लगाउनुभयो । उहाँले जनताको हित बिपरित काम नगर्ने कुनैपनि दल या ब्यक्तिलाई जनताले नछोड्ने बताउँदै देश बिकास एमाले बिना असम्भब रहेको बताउनुभयो ।

दशै शुभकामना आदानप्रदान कार्यक्रममा आबुधाबीस्थित नेपाली कार्यबाहक राजदूत नेत्रबहादूर टण्डन, प्रवासी नेपाली मञ्चका पूर्ब अध्यक्ष प्रकाश कोइराला, अध्यक्ष श्याम कँडेल लगायतले मन्तब्य राख्नुभएको थियो ।