
उर्लाबारी, २१ असोज । मोरङस्थित युवा संघ उर्लाबारी – ४ को वडा कमिटिले आज आयोजना गरेको भेलामा बिभिन्न पार्टी परित्याग गरी ९५ जना युवा युवा संघ नेपालमा प्रबेश गरेका छन् ।
सांसद् एवम् एमाले जिल्ला सचिव ऋषिकेश पोखरेलको प्रमुख आतिथ्यतामा भएको भेलामा नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस लगायतका पार्टी परित्याग ९५ जना युवा एमालेको भातृ संगठन युवा संघमा प्रबेश गरेका हुन् ।
उनीहरुलाई प्रमुख अतिथी पोखरेलसहित, एमाले जिल्ला उपसचिव विद्या चाम्लिङ, युवा संघका मोरङ अध्यक्ष मुकेश बुढाथोकी लगायतले अबिर लगाएर स्वागत गर्नुभएको थियो ।












प्रतिक्रिया