भीमदत्तनगर, २१ असोज । कञ्चनपुर, कृष्णपुर नगरपालिका–२ वाणी बजारमा अस्थायी प्रहरी चौकी निर्माण भएको छ ।
सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विजयराज भट्टले उक्त चौकीको उद्घाटन गर्नुभयो । कृष्णपुर नगरपालिका कार्यालय, स्थानीय व्यापारी, व्यवसायी तथा सामुदायिक वनको आर्थिक तथा प्रहरी श्रमदानमा निर्मित दुई अस्थायी प्रहरी चौकी भवन उद्घाटन गरिएको वाणी बजार व्यवस्थापन समितिका पूर्वअध्यक्ष अर्जुन साउदले बताउनुभयो ।
कृष्णपुर नगरपालिका कार्यालयले चौकी भवन बनाउन रु ५० हजार, सामुदायिक वनले जग्गा र काठ तथा व्यापारीले अर्थ सङ्कलन गरेका हुन् । रासस
फोटोः अर्जुन साउदबाट ।













प्रतिक्रिया